बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#सडकमा चहलपहल#विजयादशमीको टीका#क्यासिनो#बाढीले खोस्यो दसैँको टीका#टीका लगाउन पाउँदैनन्#उपराष्ट्रपति रामसहायप्रसाद यादव#विदेशी पर्यटक#बडादसैंको टीका#राष्ट्रपति रामचन्द्र पौडेल#बडादसैँको टीका ग्रहण#निःशुल्क बस सेवा#सशस्त्र प्रहरी बल#गोकर्ण जङ्गलको वनदेवी #पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#सडकमा चहलपहल#विजयादशमीको टीका#क्यासिनो#बाढीले खोस्यो दसैँको टीका#टीका लगाउन पाउँदैनन्#उपराष्ट्रपति रामसहायप्रसाद यादव#विदेशी पर्यटक#बडादसैंको टीका#राष्ट्रपति रामचन्द्र पौडेल#बडादसैँको टीका ग्रहण#निःशुल्क बस सेवा#सशस्त्र प्रहरी बल#गोकर्ण जङ्गलको वनदेवी
समाचार प्रदेश सुदूरपश्चिम प्रदेश

आत्मदाहको प्रयास गरेका कैलालीका एक युवकको मृत्यु

आत्मदाहको प्रयास गर्नुको कारण भने हालसम्म खुल्न सकेको छैन।
सक्रिय न्युज · सोमबार, ११ साउन, २०८३ मा प्रकाशित
प्रतीकात्मक तस्बिर
प्रतीकात्मक तस्बिर ।
कैलाली, साउन ११ :

आत्मदाहको प्रयास गरेका कैलालीको धनगढी उपमहानगरपालिकाका  युवकको  मृत्यु भएको छ।

३५ वर्षीय ज्योति चौधरीलाई थप उपचारका लागि काठमाडौँ ल्याउदै गर्दा धादिङमा मृत्यु भएको प्रहरीले जनाएको छ । उनले साउन ९ गते साँझ करिब ७: ३० बजे तिर  घरभित्रै  शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए ।

घटनालगत्तै आफन्तले उनलाई उद्धार गरी उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पुर्‍याएका थिए।

चौधरीको शरीरको करिब ६० प्रतिशत भाग जलेको र अवस्था अत्यन्त गम्भीर रहेकाले प्रारम्भिक उपचारपछि उनलाई भेरी अस्पताल नेपालगञ्ज रिफर गरिएको थियो। तर थप उपचारका लागि काठमाडौँ ल्याउदै गर्दा धादिङ पुगेपछि उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक कैलाशसिंह विष्टले जानकारी दिए ।

आत्मदाहको प्रयास गर्नुको कारण भने हालसम्म खुल्न सकेको छैन। घटनाबारे प्रहरीले थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार