बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

राष्ट्रपतिलाई भेटेर आङ्दम्बेले के भने ?

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ११ साउन, २०८३ मा प्रकाशित
राष्ट्रपतिलाई भेटेर आङ्दम्बेले के भने ?
काठमाडौं, साउन ११ :

राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रमुख प्रतिपक्षी कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन् । सोमबार बिहान शीतल निवासमा करिब एक घण्टासम्म भएको भेटवार्ता  समसामयिक राजनीतिक परिस्थिति र संसदीय गतिविधिबारे छलफल भएको आङ्देम्बेको सचिवालयले जनाएको छ ।

आङ्देम्बेले देशका विभिन्न स्थानमा गएको बाढीपहिरोको, प्रभावित नागरिकको उद्धार, राहत र पुनस्र्थापनाबारे पनि जानकारी गराएका थिए । उनको कुरा सुनिसकेपछि राष्ट्रपति पौडेलले बाढीपहिरो प्रभावितको उद्धार, राहत र पुन:स्थापनाका लागि सबै पक्षबीच समन्वय र सहयोग आवश्यक रहेको बताए ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार