
गायक अशोक दर्जीले आफूमाथि कुटपिट भएको भन्दै प्रहरीमा उजुरी दिएका छन् । उनले इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी दिएका हुन् ।
जाहेरीका आधारमा घटनाको अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले बताए । प्रहरीले जाहेरीका आधारमा घटनामा संलग्न भनिएका व्यक्तिहरूको खोजी तथा थप अनुसन्धान अघि बढाएको जनाएको छ।
दर्जीले निवेदनमा अंकित प्रधान र शनिश्चरेका शुक्रे भन्ने व्यक्तिले आफूलाई कुटपिट गरेको उल्लेख गरेका छन्। स्कुटरमा पेट्रोल हालिरहेका बेला आफूलाई कुटपिट गरिएको दाबी गरिएको छ।
बिर्तामोडको महानन्द चोकमा खाजा खाने क्रममा एक हजार रुपैयाँ हराएको विषयलाई लिएर विवाद सुरु भएको थियो । उनीमाथिको कुटपिटको भिडियो टिकटकमा भाइरल भएपछि एक महिना अघि भएको उक्त भिडियोमा एक युवकले दर्जीलाई गालामा थप्पड हानेको दृश्य देखिन्छ।