शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा #धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा
समाचार

अध्यागमन भिसा कीर्ते गरेको अभियोगमा भ्रष्टाचार मुद्दा

सक्रिय न्युज · मंगलबार, १२ साउन, २०८३ मा प्रकाशित
अध्यागमन भिसा कीर्ते गरेको अभियोगमा भ्रष्टाचार मुद्दा
काठमाडौं, साउन १२ :

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन विभागको गैरपर्यटक शाखामा कार्यरत तत्कालीन कम्प्युटर अपरेटर (वरिष्ठ अध्यागमन सहायक) राजीव महतो र एक अमेरिकी नागरिकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार महतोले नेपाली पोर्ट प्रणालीको ‘ट्राभलर सेन्ट्रलाइजेसन’ सुविधा दुरुपयोग गरी लक्जेम्बर्गका नागरिकका नाममा जारी भएको आवासीय भिसाको अभिलेख कीर्ते गरेर आवश्यक प्रक्रिया पूरा नगरेका एक अमेरिकी नागरिकका नाममा एकीकृत गरी भिसा जारी गरेको आरोप लागेको छ ।

सरकारी अभिलेख हेरफेर गरी नेपाल सरकार र अध्यागमन विभागलाई हानि–नोक्सानी पुर्याएको आरोपमा आयोगले सोमबार विशेष अदालतमा वरिष्ठ अध्यागमन सहायक महतो र उक्त अमेरिकी नागरिक विरुद्ध कैद तथा जरिवानाको मागदाबी गर्दै मुद्दा दायर गरेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार