मंगलबार, ३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
अर्थतन्त्र

सुन तोलामा ४ हजार घट्यो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १२ साउन, २०८३ मा प्रकाशित
सुन तोलामा ४ हजार घट्यो
काठमाडौं, साउन १२ :

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सोमबारको तुलनामा सुन तोलामा रु चार हजार तीन सय घटेको छ भने चाँदी पनि रु एक सय ३५ ले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ८४ हजार दुई सय र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार तीन सय १० कायम भएको छ । 

हिजो सोमबार छापावाल सुन प्रतितोला रु दुई लाख ८८ हजार पाँच सय र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार चार सय ४५ प्रतितोला कायम भएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार