काठमाडौं, साउन १३ :
पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।
मङ्गलबार साँझ अचानक तीव्र चक्कर तथा वान्ता भएपछि डा भट्टराईलाई उपचारका लागि टोखास्थित ग्रान्डी अस्पतालमा भर्ना गरिएको थियो । चिकित्सकको निगरानीमा उपचार जारी रहेको र अवस्था सुधारोन्मुख भएको डा भट्टराईका स्वकीयसचिव रेखी गुरुङले जानकारी दिए ।
उपचारमा संलग्न चिकित्सककाअनुसार उनको भित्री कानमा समस्या देखिएको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार आवश्यक स्वास्थ्य परीक्षणका अन्य सबै रिपोर्ट सामान्य रहेको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
राष्ट्रपतिद्वारा शीतल निवासमा नवकन्याको पूजाअर्चना, गोडा धोएर टीका लगाइदिएर उपहार प्रदान
पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना, ओलीले स्वास्थ्य अवस्थाबारे जानकारी लिए
कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने