
काठमाडौं, साउन १३ :
राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भेटवार्ता गरेका छन् । सभापति लामिछानेले बुधबार राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् ।
राष्ट्रपतिसँग सुनसरी घटना र पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको बताइएको छ ।सर्वदलीय बैठक बस्नुअघि उनले राष्ट्रपतिलाई भेटेका हुन् ।