काठमाडौं, साउन १३ :

मोडर्न कन्या कलेजले विशेष कार्यक्रम गरी गुरुपूर्णिमा पर्व श्रद्धापूर्वक मनाएको छ। बुधबार कलेज परिसरमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

शिक्षाविद् तथा साहित्यकार प्रा. डा. रामप्रसाद दाहालको उपस्थितिमा सम्पन्न कार्यक्रममा सहभागीहरूले गुरुको महिमा, ज्ञानको महत्त्व र समाज निर्माणमा शिक्षकको योगदानबारे चर्चा गरेका थिए। उनीहरूले गुरुलाई जीवनभर आदर र सम्मान गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा प्रा. मुकुन्दराज दाहाल, प्रा. सविन पोख्रेल, प्रा. रिधि आचार्य, प्रा. भरत सापकोटा, प्रा. सङ्गीता शाह, वरिष्ठ पत्रकार कल्पना शर्मा, सञ्चारकर्मी सुरेन्द्र पौडेल तथा सामाजिक अभियन्ताहरू सीता भट्टराई, अप्सरा थापा, दीपिका शाह र सुनिता केसी, अभिनेत्री रश्मि भट्टलगायतले गुरुको स्थान, महत्त्व र योगदानबारे आफ्ना धारणा राखेका थिए।

त्यस्तै, वरिष्ठ साहित्यकार सरिता शैलीले पनि गुरुको भूमिकामाथि प्रकाश पार्दै शिक्षाको विकास र व्यक्तित्व निर्माणमा गुरुको योगदान अतुलनीय रहेको उल्लेख गरिन्।कार्यक्रममा गुरुप्रति सम्मान व्यक्त गर्दै केकसमेत काटिएको थियो।