मंगलबार, १७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#बालेन गगन#कार्यसमिति विवरण#आयोगमा अध्यावधिक#कांग्रेसको निर्वाचित कार्यसमिति#होर्डिङ बोर्ड विज्ञापन#राजस्व उठाउने तयारीमा#प्रतिभा रावल#भूमिहीन#जग्गाधनी पुर्जा वितरण#काठमाण्डु गोर्खाज#पहिलो जित दर्ता#प्रस्तावित राजदूत#जीज्ञानकुमार थापा#भोटेकोशी बाढी प्रभावित#परराष्ट्र मन्त्रालयका सचिव#अमृतबहादुर राई#प्रतिपक्षी दल#संसद् बैठक आह्वान गर्न माग#महासचिव शंकर पोखरेल #बालेन गगन#कार्यसमिति विवरण#आयोगमा अध्यावधिक#कांग्रेसको निर्वाचित कार्यसमिति#होर्डिङ बोर्ड विज्ञापन#राजस्व उठाउने तयारीमा#प्रतिभा रावल#भूमिहीन#जग्गाधनी पुर्जा वितरण#काठमाण्डु गोर्खाज#पहिलो जित दर्ता#प्रस्तावित राजदूत#जीज्ञानकुमार थापा#भोटेकोशी बाढी प्रभावित#परराष्ट्र मन्त्रालयका सचिव#अमृतबहादुर राई#प्रतिपक्षी दल#संसद् बैठक आह्वान गर्न माग#महासचिव शंकर पोखरेल
राजनीति भिडियो

यस्ता छन् मन्त्रिपरिषद्को निर्णय : विभिन्न ९ विधेयक संसद्मा पेस गर्न स्वीकृति

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १३ साउन, २०८३ मा प्रकाशित
यस्ता छन् मन्त्रिपरिषद्को निर्णय : विभिन्न ९ विधेयक संसद्मा पेस गर्न स्वीकृति
काठमाडौं, साउन १३ :

सरकारले विभिन्न ९ वटा विधेयकहरु सङ्घीय संसद् समक्ष पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ । 

सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले  संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको सर्त र सुविधा सम्बन्धी ऐन, २०५३ लाई संशोधन गर्न बनेको विधेयक लगाएतका विधेयक संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

उनका अनुसार खानी तथा खनिज पदार्थ सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, संक्रामक पशु रोग नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,  राहदानी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक,  मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण (पहिलो संशोधन) विधेयक र बालश्रम निषेध तथा नियमित गर्न बनेको सम्बन्धी विधेयक संसदमा पेश गर्ने स्वीकृति प्रदान गरिएको छ ।

त्यस्तै आन्तरिक वायुसेवाको दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,  मेलमिलाप सम्बन्धी ऐन, २०६८ लाई संशोधन गर्न बनेको विधेयक र कर्मचारी सञ्चय कोष ऐन, २०१९ लाई संशोधन गर्न बनेको विधेयक समेत संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय भएको प्रवक्ता पोखरेलले बताए ।

बैठकले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक वा निजले तोकेको अधिकृतलाई विदेशी विनिमय सम्बन्धी कसूरको अनुसन्धान अधिकारी तोक्ने निर्णय गरेको उनले जानकारी दिए ।

त्यस्तै मन्त्रिपरिषद्ले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्य पदमा खेटराज दाहाललाई मनोनयन गर्ने निर्णय गरेको छ भने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (छैटौँ संशोधन) नियमावली, २०८३ लाई स्वीकृत गर्ने निर्णय समेत गरेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार