सोमबार, १६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
राजनीति

देवानगञ्जमा सुरक्षा निकायको भूमिकामाथि प्रचण्डले गम्भीर प्रश्न उठाए

प्रधानमन्त्रीलाई पुराना नेताको अनुभव लिन आफ्नै अंहकारले रोक्यो
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १४ साउन, २०८३ मा प्रकाशित
देवानगञ्जमा सुरक्षा निकायको भूमिकामाथि प्रचण्डले गम्भीर प्रश्न उठाए
काठमाडौं, साउन १४ :

नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनाको छानबिन गर्न माग गरेका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रचण्डले देवानगञ्जमा सुरक्षा निकायको भूमिकामाथि गम्भीर प्रश्न उठेको भन्दै घटनाको वास्तविकता बाहिर ल्याउन विस्तृत अध्ययनको माग गरे ।

‘बोलबम’ धार्मिक यात्राका क्रममा भएको विवादले साम्प्रदायिक रूप लिन सक्ने भन्दै उनले चिन्ता व्यक्त गरे । प्रचण्डले मुलुकमा देखिएका समस्या समाधानका लागि पुराना नेताको अनुभव लिन, संवाद गर्न सुझाव पनि दिए । उनले अहिले पुराना नेताको अनुभव लिन, संवाद गर्न आफ्नै अंहकारले रोकेको हो कि के हो ? भन्दै प्रश्न गरे । प्रचण्डले ठूलठूला अपठ्यारा परिस्थितिहरूलाई निकास दिने हैसियत, क्षमता राख्ने नेताहरूको पङ्क्ति रहेकाले अनुभव लिनका लागि कन्जुस्याइँ नगर्न आग्रह गरे ।  उनले सुकुम्बासी समस्या, ट्रेड युनियन अधिकार, विद्यार्थीका मुद्दा, र राष्ट्रिय स्वाधीनता (भौगोलिक सिमाना) जस्ता संवेदनशील विषयमा सरकार चुकेको आरोप लगाए ।

प्रचण्डले लगानी, उत्पादन, रोजगारी, पुँजीगत खर्च, राजस्व संकलन, र कर प्रणाली जस्ता आर्थिक सवालमा सरकारले जनतालाई झन् निराश बनाएको र पुराना सरकारभन्दा पनि पछि परेको जस्तो देखिएको टिप्पणी गरे ।  सरकारका पछिल्ला काम कारबाहीहरू निरंकुशतातिर उन्मुख भएको हो कि भन्ने आशङ्का उत्पन्न भएको उनको भनाइ छ ।

प्रचण्डले  नेपाललाई असफल राष्ट्र बन्नबाट जोगाउन, राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता, सुशासन र समृद्धिका लागि  कांग्रेस, एमाले लगायतका सम्पूर्ण दलहरू एकताबद्ध हुनुपर्ने बताए । प्रधानमन्त्रीका कतिपय अभिव्यक्तिले राजनीतिक वृत्तमा असहजता सिर्जना गरेको भन्दै उनले प्रधानमन्त्रीले संसदको रोस्टममा उभिएर स्पष्टीकरण दिनुपर्ने धारणा राखे । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार