
काठमाडौं, साउन १४ :
प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार साँझ ६ बजेपछि हुने सम्बोधनमा तराई/मधेशमा पछिल्ला दिनमा विकसित घटनाक्रम र त्यसबाट उत्पन्न परिस्थितिबारे प्रधानमन्त्रीले धारणा सार्वजनिक गर्नेछन्।
प्रधानमन्त्री निकट स्रोतका अनुसार सुनसरीमा भएको घटनापछिको अवस्थालाई केन्द्रमा राखेर सम्बोधनको तयारी भइरहेको छ। सम्बोधनमार्फत सरकारको धारणा, शान्ति–सुरक्षा कायम गर्ने प्रतिबद्धता तथा नागरिकलाई संयम र सद्भाव कायम राख्न आह्वान गरिने अपेक्षा गरिएको छ। सुनसरी घटनाले उग्ररुप लिँदा पनि प्रधानमन्त्री र गृहमन्त्री मौन बसेको भन्दै चर्को विरोध भइरहँदा प्रधानमन्त्री राष्ट्रको नाममा सम्बोधन गर्न तयार भएका हुन् ।