
मधेस प्रदेश सरकारले प्रदेशको विद्यमान शान्ति-सुरक्षा अवस्थाबारे समीक्षा गर्दै शान्ति, सामाजिक सद्भाव कामय गर्न अह्वान गरेको छ । ।मुख्यमन्त्री कृष्णप्रसाद यादवको अध्यक्षतामा बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जनकपुरधाममा बसेको प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले नागरिकको जिउधनको सुरक्षा, सार्वजनिक सम्पत्तिको संरक्षण तथा कानुनको प्रभावकारी कार्यान्वयनलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राख्ने निर्णय गरेको छ ।
प्रदेश सरकार सुरक्षा निकाय, स्थानीय तह तथा सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय गरी सम्भावित सुरक्षा चुनौतीहरूको समयमै पहिचान, रोकथाम तथा प्रभावकारी व्यवस्थापन गर्न प्रतिबद्ध रहेको जनाएको छ ।
प्रदेश सरकारले शान्ति, सामाजिक सद्भाव, धार्मिक तथा सांस्कृतिक सहिष्णुता कायम गर्न सम्पूर्ण राजनीतिक दल, विभिन्न संघ-संस्था, धार्मिक गुरु, बुद्धिजीवी, शिक्षक, विद्यार्थी, नागरिक समाज, सञ्चारमाध्यम, निजी क्षेत्र तथा नागरिकसँग संयमता, जिम्मेवारी र सहयोगको भूमिका निर्वाह गर्न अपिल गरेको छ ।
कुनै पनि अपुष्ट, भ्रामक वा समाजमा द्वेष, हिंसा, त्रास वा सार्वजनिक अशान्ति फैलाउन सक्ने प्रकृतिका सूचना वा सामग्रीको सम्प्रेषण, प्रकाशन वा प्रसारण नगर्न तथा आधिकारिक निकायबाट जारी भएका सूचनालाई मात्र विश्वास गर्न सम्पूर्ण प्रदेशवासीमा हार्दिक आह्वान गरेको छ ।
घाईतेको उपचारमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।