काठमाडौं, साउन १५ :
राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन भएकामा दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका छन् ।
राष्ट्रपति पौडेल आज प्रथम महिला सविता पौडेलसहित स्वर्गीय श्रेष्ठको सानेपास्थित निवासमा पुगेर शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका हुन् ।
समवेदना व्यक्त गर्ने क्रममा राष्ट्रपति पौडेलले विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय श्रेष्ठले लोकतन्त्रको स्थापना, पुनःस्थापना तथा सुदृढीकरणका लागि भएका सङ्घर्षमा पु¥याएको नेतृत्वदायी भूमिका तथा राष्ट्रप्रतिको समर्पणको सराहना गरे ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
सञ्चार गृहमै प्रवेश गरी पत्रकारहरूमाथि धरपकड गर्नेलाई कारबाही हुन्छ : सभापति लामिछाने
सञ्चारकर्मीमाथि भएको व्यवहारको छानबिन गरी दोषीमाथि कारबाही गर्न रास्वपाको निर्देशन
रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने