सोमबार, १६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
राजनीति शिक्षा

योग्यता प्रणाली सुदृढ बनाउन विश्वविद्यालयका अघिल्ला मनोनयन खारेज: शिक्षामन्त्री पोखरेल

छिटो नजिता सार्वजनिक गर्दा त्रुटी भएको दाबी अस्वीकार
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १५ साउन, २०८३ मा प्रकाशित
योग्यता प्रणाली सुदृढ बनाउन विश्वविद्यालयका अघिल्ला मनोनयन खारेज: शिक्षामन्त्री पोखरेल
काठमाडौं, साउन १५ :

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले योग्यता प्रणालीलाई सुदृढ बनाउन विश्वविद्यालयमा यसअघि भएका मनोनयन खारेज गरिएको बताएका छन् ।

शुक्रबार राष्ट्रियसभा बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले सुशासन र योग्यता प्रणालीलाई सुदृढ बनाउन यसअघि भएका मनोनयन खारेज गरिएको बताएका हुन् । उनले हाल नौवटा विश्वविद्यालयमा उपकुलपति नियुक्त भइसकेको भन्दै अन्य रिक्त पदहरुमा पनि पदपूर्तिको प्रक्रिया अघि बढिसकेको जानकारी दिए ।

मन्त्री पोखरेलले उच्च शिक्षाको शैक्षिक वातावरण सुधार गर्न सबै विश्वविद्यालयलाई वार्षिक शैक्षिक क्यालेन्डर तयार गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिइएको बताए ।

उनले छिटो नजिता सार्वजनिक गर्दा त्रुटी भएको भन्ने विषय सहि नभएको दाबी गरे । साथै मन्त्री पोखरेलले काठमाडौँ उपत्यकामा सुकुमवासी बस्ती हटाउँदा प्रभावित भएका बालबालिकाको शिक्षाको अधिकार हनन हुने काम सरकारबाट नहुने उल्लेख गर्दै विभिन्न विद्यालयमा स्थानान्तरण गरी नियमित अध्ययनको व्यवस्था मिलाइएको जानकारी दिए।

राष्ट्रियसभा बैठकले पूर्वसांसद गोपालमान श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गरेको छ । राष्ट्रियसभाको अर्को बैठक साउन १८ गते सोमबार बोलाइएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार