विराटनगर, साउन १५ :

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताको शव परिवारजनले बुझेका छन्।

पीडित परिवार र सरकारबीच शुक्रबार बिहान सातबुँदे सहमति भएपछि विराटनगरस्थित न्यूरो अस्पतालमा राखिएका दुवै जनाको शव परिवारजनले बुझेका हुन्। प्रहरीका अनुसार शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल लगिएको छ।

आइतबार राति देवानगञ्ज–३ कप्तानगञ्जमा भएको घटनाका क्रममा प्रहरीको गोली लागेर स्थानीय ओमप्रकाश मेहता र जयप्रकाश मेहताको मृत्यु भएको थियो।

घटनापछि पीडित परिवारले शव नबुझी आन्दोलन जारी राखेका थिए। शुक्रबार सरकार र पीडित पक्षबीच सातबुँदे सहमति भएपछि शव बुझ्ने सहमति भएको हो।