बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#यु-१९ महिला क्रिकेट#नेपालले हङकङलाई हरायो#मन्त्री खडकराज पौडेल #सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#यु-१९ महिला क्रिकेट#नेपालले हङकङलाई हरायो#मन्त्री खडकराज पौडेल
समाचार प्रदेश मधेस प्रदेश

गृहमन्त्री गुरुङ र मृतक गणेश यादवका परिवारबीच आठबुँदे सहमति

सक्रिय न्युज · शनिबार, १६ साउन, २०८३ मा प्रकाशित
गृहमन्त्री गुरुङ र मृतक गणेश यादवका परिवारबीच आठबुँदे सहमति
सिराहा, साउन १६ :

गृहमन्त्री सुधन गुरुङले सिराहाको गोलबजारमा गोली लागेर मृत्युु भएका गणेश यादवको परिवारसँग आठबुँदे सहमति भएको बताएका छन् ।

लाहानमा जिल्ला सुरक्षा समितिको बैठक पश्चात् गए राति गृहमन्त्री गुरुङ यादवको घर सिराहाको औरही गाउँपालिकाको तुलसीयाही पुग्नुभएको थियो । मृतक यादवका बुबा र आमा तथा आफन्तसँग भएको छलफलमा आठ बुँदे सहमति भएको गृहमन्त्रीले बताए।

मृतकका परिवारले राख्नुभएको घटनाको निष्पक्ष छानबिन हुनुपर्ने, दोषीलाई कारबाही गर्नुपर्ने, क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, मृतकका परिवारका सदस्यलाई निःशुल्क शिक्षाको सुनिश्चितता गर्नुपर्ने लगायत मागमा सहमति भएको गृहमन्त्री गुरुङले जानकारी दिए। यसबाहेक सरकारका तर्फबाट मृतकका बुबा र आमाको निःशुल्क उपचार गरिने, परिवारका सदस्यलाई रोजगारीको सुनिश्चितता गरिने सहमति भएको उनले बताए ।

गोलबजार घटनाको छानबिनमा कुनै कमजोरी नहुने प्रतिबद्धता व्यक्त गर्दै गृहमन्त्री गुरुङले घटनामा दोषीलाई कारबाही गरिने बताए।

सुनसरीको देवानगञ्जमा भएको घटनाको विरोधमा गोलबजारमा प्रदर्शन गरिरहेका बेला यही साउन १४ गते गोली लागेर गणेश यादवको मृत्यु भएको हो । 


 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार