काठमाडौं, साउन १७ :

नेपाली कांग्रेसको संस्थापन पक्षले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ। इतर पक्षले पार्टी विभाजनक लागि तयारी अघि बढाएपछि सभापति गगन थापाले बैठक बोलाएका हुन्। कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक साउन २४ गते दिउँसो १ बजे बोलाइएको छ।

विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिविरुद्ध पूर्वसभापति शेरबहादुर देउवा पक्षले राष्ट्रिय भेला डाकेको पाँच दिनअघि बैठक आह्वान गरेको हो । इतर पक्षले साउन २९ गते राष्ट्रिय भेला गर्ने घोषणा गरेपछि संस्थापन पक्षले साउन २४ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो। शनिबार इतर पक्षले शशांक कोइरालाको नेतृत्वको ५५१ सदस्यीय राष्ट्रिय भेला आयोजक समिति घोषणा गरेको छ।