काठमाडौं, साउन १७ :

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरोमा परी निधन भएका प्रख्यात पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ) को शव उद्धार गरिएको उद्धारकर्ताहरूले बताएका छन्।

पाकिस्तानको अल्पाइन क्लबले आइतबार जनाए अनुसार उनको शव समुद्री सतहबाट करिब ५ हजार ७ सय  मिटर उचाइमा फेला परेको हो। सोही क्षेत्रमा थप तीन वटा शव पनि देखिएको बताइएको छ तर ती शवहरूको औपचारिक पहिचान भने अझै पुष्टि भएको छैन।

४३ वर्षीय पुर्जाको निधनको जानकारी शनिबार उनको कम्पनी इलाईट एक्सपेडले सार्वजनिक गरेको थियो। कम्पनीका अनुसार उनी हिम पहिरोमा ज्यान गुमाउने १० जनामध्ये एक थिए। उनको निधन प्रति बेलायतका प्रिन्स अफ वेल्स लगायत विभिन्न व्यक्तित्वहरूले श्रद्धाञ्जली व्यक्त गरेका छन्।

नेपालमा जन्मिएका पुर्जा पछि ब्रिटिश सेनामा आबद्ध भएका थिए। उनले सन् २०१९ मा संसारका १४ वटै आठ हजार मिटरभन्दा अग्ला हिमालहरू केवल छ महिनाभन्दा केही बढी समयमै आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए।

पाकिस्तानको अल्पाइन क्लबका अनुसार उद्धार टोलीले फेला परेका शवहरूलाई जापानी आधार शिविरमा ल्याउने तयारी गरिरहेको छ।

निर्मल पुर्जाको निधन आधिकारिक रूपमा पुष्टि हुनुअघि पाकिस्तानी अधिकारीहरूले सोही अभियानमा सहभागी अन्य तीन पर्वतारोही अमेरिकी म्यालोरी गाइस, ओमानकी नाधिरा अहमद अब्दुल्लाह अल हार्थी, र नेपाली पुर बहादुर गुरुङको शव पनि उद्धार गरिएको जानकारी दिएका थिए।

शनिबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जालमार्फत पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा भएको यस दुःखद घटनामा विश्व कीर्तिमानी निर्मल पुर्जासहित छ जना नेपाली र चार जना विदेशी पर्वतारोहीको निधनले आफू स्तब्ध भएको बताएका थिए।