
काठमाडौं, साउन १८ :
काठमाडौंको भद्रकालीमा रुख ढलेर लाग्दा आमा र छोरा घाइते भएका छन् । मोटरसाइकलमा सवार उनीहरुको टाउको र ढाडमा चोट लागेको छ । मोटरसाइकलमा गइरहेका राजेश प्रसाद यादव र पछाडि बसेकी उनकी आमा वर्ष ६९ की गायत्री देवी यादव घाइते भएका हुन् ।
छोराको टाउको र ढाडमा तथा आमाको दाहिने घुँडा र दाहिने हातमा चोट लागेको छ । नजिकै रहेको सेना र प्रहरीको सक्रियतामा रुख हटाएर उनीहरुको उद्धार गरिएको थियो । उनीहरुको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।