बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार प्रदेश मधेस प्रदेश

पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २० साउन, २०८३ मा प्रकाशित
पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ
जनकपुर, साउन २० :

सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–६ स्थित सलोखरी, दास टोलबाट तीन जनालाई पक्राउ गरिएको छ । 

गएराति फूलबारीबाट गाउँतर्फ आउँदै गरेको अवस्थामा प्रहरीले पेस्तोल र म्याग्जिनसहित सिरहाको लहान नगरपालिका २२ निवासी २१ वर्षीय सञ्जय दास, २० वर्षीय गुरुदेव दास र लक्ष्मीपुर पतारी गाउँपालिका–६ निवासी २० वर्षीय सारबजित दासलाई पक्राउ गरिएको हो ।

पक्राउ परेकाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार