काठमाडौं, साउन २० :

सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा याङ्की उक्यावलाई नियुक्त गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सिइओमा नियुक्त गरेको हो। उक्याव विकास अर्थशास्त्र र सार्वजनिक नीतिकी विज्ञ हुन्।

बेलायतको अक्सफोर्ड युनिभर्सिटीबाट पब्लिक पोलिसीमा मास्टर्स गरेकी उनले संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (युएनडिपी) को प्रशान्त क्षेत्रीय कार्यालयमा वरिष्ठ नीति सल्लाहकारका रूपमा कार्य गरिसकेकी छन्।

उनीसँगै सर्ट लिस्टमा डा. मुकुन्दप्रसाद पौड्याल, डा. सरोज कोइराला, सुमन सिंह बस्न्यात, जितेन्द्र धिताल, भक्तबहादुर शाही, मनोज पौडेल, र मधुप्रसाद भेटुवाल  थिए।