बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जीवित देवी#एकान्त कुमारी#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#सडकमा चहलपहल#विजयादशमीको टीका#क्यासिनो#बाढीले खोस्यो दसैँको टीका#टीका लगाउन पाउँदैनन्#उपराष्ट्रपति रामसहायप्रसाद यादव#विदेशी पर्यटक#बडादसैंको टीका#राष्ट्रपति रामचन्द्र पौडेल#बडादसैँको टीका ग्रहण#निःशुल्क बस सेवा#सशस्त्र प्रहरी बल #जीवित देवी#एकान्त कुमारी#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#सडकमा चहलपहल#विजयादशमीको टीका#क्यासिनो#बाढीले खोस्यो दसैँको टीका#टीका लगाउन पाउँदैनन्#उपराष्ट्रपति रामसहायप्रसाद यादव#विदेशी पर्यटक#बडादसैंको टीका#राष्ट्रपति रामचन्द्र पौडेल#बडादसैँको टीका ग्रहण#निःशुल्क बस सेवा#सशस्त्र प्रहरी बल
राजनीति प्रदेश कोसी प्रदेश

कोसीमा मुख्यमन्त्री फेर्ने निर्णयबाट ओली पछि हटे, हिक्मतलाई नै निरन्तरता

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २० साउन, २०८३ मा प्रकाशित
कोसीमा मुख्यमन्त्री फेर्ने निर्णयबाट ओली पछि हटे, हिक्मतलाई नै निरन्तरता
काठमाडौं, साउन २० :

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट पछि हटेका छन्। बुधबार गुण्डुमा ओली, मुख्यमन्त्री कार्की तथा प्रदेशका पार्टी नेताबीच भएको छलफलपछि तत्काल सरकारलाई निरन्तरता दिने सहमति भएको हो।

एमाले कोसी अध्यक्ष घनश्याम खतिवडाका अनुसार ओलीले कार्कीलाई हाल सरकारको नेतृत्व गर्दै काम गर्न र उपयुक्त समयमा आवश्यक निर्णय गर्ने बताएका छन्। यससँगै कार्की मुख्यमन्त्रीमै रहने भएका छन् भने नयाँ गठबन्धन सरकारलाई एमालेले निरन्तर समर्थन गर्नेछ।

यसअघि कार्कीलाई हटाएर संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने तयारी भए पनि आन्तरिक विवाद र आवश्यक समर्थन नजुटेपछि ओली वार्तामार्फत पछाडि हटेका हुन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार