मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
राजनीति

चालु आवदेखि लागु हुने तलबमान सार्वजनिक, कसको तलब कति ?

मुख्य सचिव र प्रधान सेनापतिको तलब ९० हजार ५ सय
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २१ साउन, २०८३ मा प्रकाशित
चालु आवदेखि लागु हुने तलबमान सार्वजनिक, कसको तलब कति ?
काठमाडौं, साउन २१ :

अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८३/८४ को यही साउनदेखि लागु हुने तलबमान सार्वजनिक गरेको छ । यही साउन ६ गते बसेको मन्त्रिपरिषद् बैठकले नयाँ तलबमान, ग्रेड, प्राविधिक ग्रेड र प्रोत्साहन भत्तासम्बन्धी निर्णय गरेको थियो ।

गत जेठ १५ गते बजेटमार्फत सरकारले १० प्रतिशत तलबमान वृद्धि गर्ने र १० प्रतिशत प्रोत्साहन भत्ता दिने घोषणा गरेको थियो । मन्त्रालयले बुधबार सरकारी निकायलाई गरेको पत्राचारमा नयाँ तलबमानको विषयमा जानकारी गराएको हो ।

निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र प्रदेश तथा स्थानीय तहमा कार्यरत कर्मचारीले (निवृत्तभरण प्रयोजन)का लागि अनुसूची एक देखि आठ सम्मको नयाँ तलबमान एवं एक दिनको तलब बराबरको ग्रेड रकम र वृद्धि पछि कायम हुने तलबमानको १० प्रतिशत मासिक प्रोत्साहन भत्ताबापतको रकम पाउने छन् ।

सो अनुसार मुख्य सचिवको सुरुको तलबमान ८४ हजार ९३२, राजपत्राङ्िकत विशिष्ट श्रेणीको रु ७९ हजार २९०, अतिरिक्त सचिव (पेन्सन प्रयोजन)का लागि रु ६६ हजार ५३९ तोकेको छ । त्यसैगरी राजपत्राङ्कित प्रथमको लागि रु ६२ हजार ४६६ तोकिएको छ । त्यस्तैगरी राजपत्राङ्कित द्वितीयको रु ५३ हजार ६११, राजपत्राङ्कित तृतीयको रु ४८ हजार ५८ तलबमान तोकिएको छ ।

त्यसैगरी राजपत्र अनङ्कित प्रथम अतिरिक्त मान पेन्सनको लागि ४१ हजार ५१७, राजपत्र अनङ्कित प्रथम ३८ हजार २०३, राजपत्र अनङ्कित द्वितीय अतिरिक्त मान पेन्सन ३७ हजार ४०७, राजपत्र अनङ्कित द्वितीय ३६ हजार १९२, राजपत्र अनङ्कित तृतीयको लागि ३० हजार ३७३ र राजपत्र अनङ्कित चतुर्थको लागि २८ हजार ६९० तोकिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार