कैलाली, साउन २१ :

कैलालीस्थित नेपाली सेनाको सैन्य तालिमका क्रममा हाते ग्रिनेड विष्फोट हुँदा दुई जना सैनिक घाइते भएका छन्। 

घाइते हुनेमा सहायक सेनानी  विक्रम कार्की र  जवान रञ्जित थारू रहेका छन् । घाइते दुबै जनालाई धनगढीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको  छ।  घाइते दुबैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।  अभ्यासकै क्रममा प्लाष्टिकको ह्याण्ड ग्रिनेट विष्फोट हुँदा उनीहरू घाइते बनेको प्रहरीले जनाएको छ।

यसअघि एक महिना अघि कैलालीको चिसापानीमा सैन्य अभ्यासकै क्रममा ग्रिनेट विष्फोट हुँदा सेनाका हुद्दा हिमालविक्रम विष्टको मृत्यु भएको थियो।