
काठमाण्डौं, कात्तिक २ :

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रतिनिधिसभाको विशेष अधिवेशनका लागि माग गरेको छ ।
रास्वपाले हिजो एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय जीवनका तमाम समसामयिक समस्याबारे तत्काल छलफल गर्न सो माग गरेको हो ।
विशेष अधिवेशनका लागि रास्वपाले सबै राजनीतिक दलहरूको ध्यानाकर्षण समेत गराएको छ ।
विपद्पछिको पुनःस्थापनामा सहयोग गर्नका लागि संसद्को विशेष अधिवेशन आवश्यकपर्ने पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।