काठमाडौं, साउन २२ :
नेकपा एमालेले सांसदहरुले पाउने स्वकीय सम्बन्धी कार्यविधि पारित गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको एमाले संसदीय दलको बैठकले सांसदहरुले पाउने स्वकीयको मापदण्ड लगाएतका कार्यविधि निर्माण गरेर पारित गरेको हो ।
त्यस्तै संसदमा छलफलका क्रममा रहेका विधेयकहरूलाई परिमार्जन र प्रभावकारी बनाउन गहन अध्ययन, विशेषज्ञहरूसँग छलफल र संशोधन प्रस्तावमा भाग लिने कुरामा जोड समेत दिइएको एमाले संसदीय दलका उपनेता पद्मा अर्यालले जानकारी दिइन् ।
सरकारले ल्याएका विधेयकहरु सोही रूपमा पास गर्दा भविष्यमा जोखिम वा खतरा देखिने भएकाले त्यसलाई परिस्कृत बनाउनुपर्ने उनले बताइन् ।
त्यस्तै सरकारले विद्यार्थीहरूलाई सैन्य तालिम दिने जस्ता असान्दर्भिक विषय ल्याउनुको सट्टा जनताका वास्तविक जनजीविका र कानुन निर्माणका मुद्दाहरूमा ध्यान केन्द्रित गर्नुपर्ने उनले बताइन्।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
राष्ट्रपति पौडेलले गुरू पुरोहितको हातबाट शुभ साइतमा टीका ग्रहण गर्ने
पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यमा उल्लेख्य सुधार, भोलिसम्ममा डिस्चार्ज गर्ने तयारी
सडक सम्पर्क विच्छेद भएका गोरखाका दुर्गम बस्तीमा ड्रोनबाट राहत सामग्री