बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन #नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन
समाचार

विपद् प्रतिकार्यका लागि १० हजार प्रहरी तयारी अवस्थामा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २२ साउन, २०८३ मा प्रकाशित
विपद् प्रतिकार्यका लागि १० हजार प्रहरी तयारी अवस्थामा
फाइल तस्बिर ।
काठमाडौं, साउन २२ :

प्राकृतिक विपद्बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि करिब १० हजार बढी प्रहरीलाई तयारी अवस्थामा राखिएको छ । केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले प्राकृतिक विपद्बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि प्रहरीलाई उच्च सतर्कताको अवस्थामा राखिएको जानकारी दिए ।

आज आयोजित पत्रकार सम्मेलनमा उनले केन्द्र, उपत्यका, प्रदेश, जिल्ला र स्थानीय तहसम्म प्रहरीलाई उपकरणसहित तयारी अवस्थामा राखिएको बताए ।

“केन्द्रस्तरको विपद् प्रतिकार्य तालिम केन्द्र, प्रदेशस्तरका विपद् व्यवस्थापन गुल्म र इलाका प्रहरीस्तरसम्म ‘स्टाण्डबाइ’ राखेका छौँ”, उनले भने । विपद्का कारण प्रभावित हुने सेवा जतिसक्दो चाँडो सञ्चालनमा ल्याउन सरोकारवाला निकायसँग समन्वय गरी काम भइरहेको स्पष्ट पारे।

प्रहरी सङ्गठन बेरुजुसम्बन्धी गुनासालाई शीघ्र सम्पादन गरेर पुरस्कृत भएको उजको भनाइ छ । “हामीसँग खासै बेरुजु भएको अवस्थामा छैन”, उनले भने । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार