बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जीवित देवी#एकान्त कुमारी#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#सडकमा चहलपहल#विजयादशमीको टीका#क्यासिनो#बाढीले खोस्यो दसैँको टीका#टीका लगाउन पाउँदैनन्#उपराष्ट्रपति रामसहायप्रसाद यादव#विदेशी पर्यटक#बडादसैंको टीका#राष्ट्रपति रामचन्द्र पौडेल#बडादसैँको टीका ग्रहण#निःशुल्क बस सेवा#सशस्त्र प्रहरी बल #जीवित देवी#एकान्त कुमारी#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#सडकमा चहलपहल#विजयादशमीको टीका#क्यासिनो#बाढीले खोस्यो दसैँको टीका#टीका लगाउन पाउँदैनन्#उपराष्ट्रपति रामसहायप्रसाद यादव#विदेशी पर्यटक#बडादसैंको टीका#राष्ट्रपति रामचन्द्र पौडेल#बडादसैँको टीका ग्रहण#निःशुल्क बस सेवा#सशस्त्र प्रहरी बल
राजनीति

विशेष महाधिवेशनका कारण पार्टी कमजोर बन्यो : प्रकाशमान सिंह

आधिकारिकताको विवादमा आफ्नो पक्षले न्याय पाउने विश्वास
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २४ साउन, २०८३ मा प्रकाशित
विशेष महाधिवेशनका कारण पार्टी कमजोर बन्यो : प्रकाशमान सिंह
काठमाडौं, साउन २४ :

नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनका कारण पार्टी कमजोर बनेको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सिंहले आफूहरूले विगतदेखि नै विशेष महाधिवेशन नगर्न सुझाव दिँदै आए पनि त्यसलाई बेवास्ता गर्दा अहिले पार्टी कमजोर र विभाजनको अवस्थामा पुगेको दाबी गरे ।

उनले पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि विशेष महाधिवेशन उपयुक्त बाटो नभएको आफ्नो पक्षको धारणा रहेको तर, त्यसविपरीत विशेष महाधिवेशनको प्रक्रिया अघि बढाइएपछि कांग्रेस थप विवाद र विभाजनतर्फ गएकोउल्लेख गरे। उनले नियमित महाधिवेशनको समय आइसकेकाले पार्टीको नेतृत्व पनि नियमित प्रक्रियाबाटै चयन गर्नुपर्ने उल्लेख गर्दे लोकप्रिय र कार्यकर्ताको समर्थन प्राप्त नेताले नियमित महाधिवेशनबाट नेतृत्वमा पुग्दा पार्टी बलियो बन्ने तर्क गरे । पूर्वमहामन्त्री सिंहले पार्टीलाई कमजोर बनाउने गतिविधिभन्दा पनि कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउनुपर्नेमा जोड दिए । 

पार्टीभित्र देखिएको विवाद र ध्रुवीकरणले संगठनमा समेत असर पार्ने भन्दै सिंहले नेतृत्व र कार्यकर्ताबीच सहमति तथा एकताको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए । कांग्रेसको संस्थागत संरचना र लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउनुपर्ने आवश्यकता औँल्याउँदै पार्टीलाई फुट र गुटभन्दा माथि उठाएर अघि बढाउनुपर्ने धारणा राखे । पूर्वमहामन्त्री सिंहले कांग्रेसभित्रको आधिकारिकतासम्बन्धी विवादमा आफ्नो पक्षले न्याय पाउने विश्वाससमेत व्यक्त गरे ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार