शनिबार, २४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष #एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
राजनीति

सरकारको चार महिनाको काम सकारात्मक : कवीन्द्र बुर्लाकोटी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २६ साउन, २०८३ मा प्रकाशित
सरकारको चार महिनाको काम सकारात्मक : कवीन्द्र बुर्लाकोटी
काठमाडौं, साउन २६ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीले चार महिनाको अवधिमा सरकार सकारात्मक दिशातर्फ अघि बढेको बताएका छन् ।

मंगलबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै बुर्लाकोटीले चार महिनाको अवधिमा सरकारले स्वदेशमै रोजगारी सिर्जना गर्ने, उद्योग सञ्चालनका लागि वातावरण बनाउने र बन्द उद्योगहरू पुनः सञ्चालन गर्ने प्रयास गरिरहेको भन्दै सरकार सकारात्मक दिशातर्फ अघि बढेको बताएका हुन् । १०० दिनभित्र सरकारले सुरु गरेको कामहरु कार्यान्वयनतर्फ अघि बढेको उनले बताए ।

त्यस्तै बुर्लाकोटीले विभिन्न घटनाका छानविन प्रतिवेदनहरु सरकारले सार्वजनिक गर्ने उल्लेख गरे । उनले अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को अवसरमा पार्टीले आफूलाई आयोजक समितिको संयोजक तोकेको भन्दै सोही अनुसार कार्यक्रमको तयारी भइरहेको जानकारी दिए। रास्वपाले यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवस ७ वटै प्रदेशका करिब ५० वटा जिल्ला र विभिन्न पालिकाहरूमा मनाउने उनले बताए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार