बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

पत्रकार किशोर श्रेष्ठ ललितपुरबाट पक्राउ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २७ साउन, २०८३ मा प्रकाशित
पत्रकार किशोर श्रेष्ठ ललितपुरबाट पक्राउ
ललितपुर, साउन २७ :

पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई बुधबार राति ललितपुरस्थित निवासबाट पक्राउ गरिएको हो ।  वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरितको कसुर गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीको भनाइ छ । 

अहिले उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ ।उनलाई एक पीडितको उजुरीको आधारमा पक्राउ गरिएको हो । केही दिनअघि जनआस्था छापिएको तस्बिरसँग सम्बन्धित विषय भएको बुझिएको छ । उनी जनआस्था साप्ताहिका प्रधान सम्पादक हुन् । श्रेष्ठलाई भोलि (बिहीबार) अदालतमा उपस्थित गराउने तयारी छ । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार