शुक्रबार, २३ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सुन बरामद#एक्सरसाइज क्यामब्रियान पट्रोल#बिजुलीको बिल#स्मार्ट पे रिवार्ड#दुर्गा प्रसाईं#नेपाल पथ पार्टी#निर्वाचन आयोगविरुद्ध प्रदर्शन#राष्ट्रिय भेला आयोजना गर्ने#नेकपा एमाले#बसाइँ र खानपिन खर्च#नवराज सुवेदी#क्षतिपूर्ति दिन सिफारिस#राष्ट्रिय मानव अधिकार आयोग#प्रकाशमान सिंह#लुटपाट#गिरोह #सुन बरामद#एक्सरसाइज क्यामब्रियान पट्रोल#बिजुलीको बिल#स्मार्ट पे रिवार्ड#दुर्गा प्रसाईं#नेपाल पथ पार्टी#निर्वाचन आयोगविरुद्ध प्रदर्शन#राष्ट्रिय भेला आयोजना गर्ने#नेकपा एमाले#बसाइँ र खानपिन खर्च#नवराज सुवेदी#क्षतिपूर्ति दिन सिफारिस#राष्ट्रिय मानव अधिकार आयोग#प्रकाशमान सिंह#लुटपाट#गिरोह
समाचार राजनीति

पूर्वप्रधानमन्त्री देउवा आज काठमाडौं फर्कदै,विमानस्थलदेखि चुनदेवीसम्म प्रहरीले सुरक्षा दिने

गोल्डेनगेटसम्म कार्यकर्तालाई भेला हुने अनुमति,विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलस्थित आगमन द्वारमा भने पार्टीका केही शीर्ष नेतालाई मात्र प्रवेश दिईने
सक्रिय न्युज · बिहीबार, २८ साउन, २०८३ मा प्रकाशित
पूर्वप्रधानमन्त्री  देउवा आज काठमाडौं फर्कदै,विमानस्थलदेखि चुनदेवीसम्म प्रहरीले सुरक्षा दिने
काठमाडौं, साउन २८ :

पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा आज काठमाडौं फर्कदैछन् ।

अध्यागमन स्रोतका अनुसार विमान १२: ४५ बजे एयरलाइन्सको उडानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुँदैछन् ।

काठमाडौं प्रहरीका प्रवक्ता एसपी दान बहादुर थापाका अनुसार उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सिनामंगलस्थित मूल प्रवेशद्वार गोल्डेनगेटदेखि उनको बासस्थान महाराजगञ्ज, चुनादेवीसम्म सुरक्षा सहित (एस्कर्ट) जाने व्यवस्था मिलाइएको छ ।

प्रहरीका अनुसार उनलाई स्वागत गर्न चाहने कार्यकर्तालाई गोल्डेनगेटसम्म भेला हुने अनुमति दिइने छ । विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलस्थित आगमन द्वारमा भने पार्टीका केही शीर्ष नेतालाई मात्र प्रवेश अनुमति दिइने भएको छ । यो कार्यको व्यवस्थापन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयले गर्ने भएको छ ।

गत वर्ष भदौ २४ मा जेन–जी आन्दोलनका प्रदर्शनकारीबाट शारीरिक दुर्व्यवहारको शिकार भएका देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर गएका थिए । उनी पाँच महिनापछि आज बैंकक हुँदै काठमाडौं फर्किन लागेका हुन् ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार