काठमाडौं, साउन २९ :

नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि सुरु भएको छ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा जारी भेलामा कांग्रेसको विशेष महाधिवेशनको विपक्षमा रहेका देउवा तथा डा शशांक कोइराला समूहका नेता-कार्यकर्ताको उपस्थिति छ।

भेलालाई निवर्तमान सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। कार्यक्रममा शशांक कोइराला, शेखर कोइराला,बिमलेन्द्र निधि, प्रकाशमान सिंह,डा प्रकाशशरण महत, विजयकुमार गच्छदार,एनपी साउद, मोहनबहादुर बस्नेत लगायतका नेताहरु सहभागी छन् । भेला यही साउन ३१ गतेसम्म जारी रहने जनाइएको छ।

यता कांग्रेस संस्थापन पक्षको केन्द्रीय कार्यसमितिको बैठक सानेपामा जारी रहेको छ । बैठकमा १५ औं महाधिवेशनको तयारी लगायतका विषयमा छलफल भइरहेको छ ।