
नेपाल आयल निगमले भोली पनि काठमाडौं उपत्यकाका थप सात बिक्री केन्द्रबाट अत्यावश्यक उपभोक्ताका लागि एलपी ग्याँस बिक्री वितरण गर्ने जनाएको छ ।
भोलि थप सात बिक्री केन्द्रबाट ग्याँस वितरण गरिने आयल निगमले जनाएको छ ।
भोलि निगमको टेकु परिसरबाट नेपाल, एच पी, एभरेस्ट, सुगम, श्रीराम र सागर ब्रान्डका ग्याँस बिक्री हुनेछन् । त्यसैगरी पशु सेवा शाखा, चपली, बूढानीलकण्ठबाट नेपाल, एच पी र मनु, राधा स्वामी परिसर, कीर्तिपुरबाट नेपाल, एच पी, एभरेस्ट, श्रीकृष्ण, साई बाबा र श्री माया तथा नयाँ बजार,नयाँ बानेश्वर होटेल परिसरबाट नेपाल, एच पी र ओम ब्रान्डका ग्यास बिक्री गरिनेछ । पुरानो जिल्ला प्रशासन कार्यालय परिसर, बबरमहलबाट नेपाल र एच पी ब्रान्डका ग्याँस बिक्री गरिने निगमले जनाएको छ ।
त्यस्तै चन्द्रागिरि नगरपालिका कार्यालयबाट लोकप्रिय, नेपाल, एच पी र श्री माया तथा राष्ट्रिय आयुर्वेद केन्द्र, कीर्तिपुरबाट नेपाल, एच पी, सूर्य, एभरेस्ट, सुगम र एसटीसी ब्रान्डका ग्याँस बिक्री–वितरण गरिने आयल निगमले जनाएको छ ।
निगमले बिक्री–वितरणलाई सहज बनाउन सम्बन्धित व्यवसायीलाई आफ्ना विक्रेतामार्फत नियमित रूपमा ग्याँस बिक्री गर्न समेत अनुरोध गरेको छ ।
साथै कुनै कारणले ग्याँस प्राप्त गर्न नसकेका उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचयपत्रका आधारमा नजिकको बिक्री केन्द्रबाट ग्याँस खरिद गर्न सक्ने व्यवस्था मिलाइएको निगमले जनाएको छ ।
आज निगमले काठमाडौं उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि विभिन्न ब्रान्डका ६ हजार ८ सय २ सिलिन्डर एलपी ग्याँस बिक्री वितरण गरेको जनाएको छ ।
निगमका अनुसार टेकु परिसर, यातायात कार्यालय चाबहिल, राधा स्वामी परिसर कीर्तिपुर, राधा स्वामी परिसर बसुन्धरा तथा पुरानो जिल्ला प्रशासन कार्यालय परिसर बबरमहलस्थित बिक्री केन्द्रबाट ग्यास वितरण गरिएको हो ।