शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी #कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी
समाचार अर्थतन्त्र

आयल निगमले आइतबार थप सात केन्द्रबाट ग्याँस वितरण गर्ने,शनिबार ६ हजार ८०२ सिलिन्डर ग्याँस बिक्री

सक्रिय न्युज · शनिबार, ३० साउन, २०८३ मा प्रकाशित
आयल निगमले आइतबार थप सात केन्द्रबाट ग्याँस वितरण गर्ने,शनिबार ६ हजार ८०२ सिलिन्डर ग्याँस बिक्री
काठमाडौं, साउन ३० :

नेपाल आयल निगमले आइतबार पनि काठमाडौं उपत्यकाका थप सात बिक्री केन्द्रबाट अत्यावश्यक उपभोक्ताका लागि एलपी ग्याँस बिक्री वितरण गर्ने जनाएको छ ।

आइतबार  थप सात बिक्री केन्द्रबाट ग्याँस वितरण गरिने आयल निगमले जनाएको छ ।

आइतबार निगमको टेकु परिसरबाट नेपाल, एच पी, एभरेस्ट, सुगम, श्रीराम र सागर ब्रान्डका ग्याँस बिक्री हुनेछन् । त्यसैगरी पशु सेवा शाखा, चपली, बूढानीलकण्ठबाट नेपाल, एच पी र मनु, राधा स्वामी परिसर, कीर्तिपुरबाट नेपाल, एच पी, एभरेस्ट, श्रीकृष्ण, साई बाबा र श्री माया तथा नयाँ बजार,नयाँ बानेश्वर होटेल परिसरबाट नेपाल, एच पी र ओम ब्रान्डका ग्यास बिक्री गरिनेछ । पुरानो जिल्ला प्रशासन कार्यालय परिसर, बबरमहलबाट नेपाल र एच पी ब्रान्डका ग्याँस बिक्री गरिने निगमले जनाएको छ ।

त्यस्तै चन्द्रागिरि नगरपालिका कार्यालयबाट लोकप्रिय, नेपाल, एच पी र श्री माया तथा राष्ट्रिय आयुर्वेद केन्द्र, कीर्तिपुरबाट नेपाल, एच पी, सूर्य, एभरेस्ट, सुगम र एसटीसी ब्रान्डका ग्याँस बिक्री–वितरण गरिने आयल निगमले जनाएको छ ।

निगमले बिक्री–वितरणलाई सहज बनाउन सम्बन्धित व्यवसायीलाई आफ्ना विक्रेतामार्फत नियमित रूपमा ग्याँस बिक्री गर्न समेत अनुरोध गरेको छ ।

साथै कुनै कारणले ग्याँस प्राप्त गर्न नसकेका उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचयपत्रका आधारमा नजिकको बिक्री केन्द्रबाट ग्याँस खरिद गर्न सक्ने व्यवस्था मिलाइएको निगमले जनाएको छ ।

आज निगमले काठमाडौं उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि विभिन्न ब्रान्डका ६ हजार ८ सय  २ सिलिन्डर एलपी ग्याँस बिक्री वितरण गरेको जनाएको छ ।

निगमका अनुसार टेकु परिसर, यातायात कार्यालय चाबहिल, राधा स्वामी परिसर कीर्तिपुर, राधा स्वामी परिसर बसुन्धरा तथा पुरानो जिल्ला प्रशासन कार्यालय परिसर बबरमहलस्थित बिक्री केन्द्रबाट ग्यास वितरण गरिएको हो ।

 

 

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार