बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#सडकमा चहलपहल#विजयादशमीको टीका#क्यासिनो#बाढीले खोस्यो दसैँको टीका#टीका लगाउन पाउँदैनन्#उपराष्ट्रपति रामसहायप्रसाद यादव#विदेशी पर्यटक#बडादसैंको टीका#राष्ट्रपति रामचन्द्र पौडेल#बडादसैँको टीका ग्रहण#निःशुल्क बस सेवा#सशस्त्र प्रहरी बल#गोकर्ण जङ्गलको वनदेवी #पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#सडकमा चहलपहल#विजयादशमीको टीका#क्यासिनो#बाढीले खोस्यो दसैँको टीका#टीका लगाउन पाउँदैनन्#उपराष्ट्रपति रामसहायप्रसाद यादव#विदेशी पर्यटक#बडादसैंको टीका#राष्ट्रपति रामचन्द्र पौडेल#बडादसैँको टीका ग्रहण#निःशुल्क बस सेवा#सशस्त्र प्रहरी बल#गोकर्ण जङ्गलको वनदेवी
समाचार प्रदेश सुदूरपश्चिम प्रदेश

दाजुभाइको दीर्घायुको कामना गर्दै मनाए रानाथारू महिलाले तिज

सक्रिय न्युज · आइतबार, ३१ साउन, २०८३ मा प्रकाशित
दाजुभाइको दीर्घायुको कामना गर्दै मनाए रानाथारू महिलाले तिज
कन्चनपुर, साउन ३१ :

छुट्टै पहिचान र मौलिक संस्कृति रहेको रानाथारू समुदायका महिलाहरूले दाजुभाइ तथा भतिजाहरूको दीर्घायुको लागि व्रत बसेर तिज पर्व उल्लासहका साथ मनाएका छन् ।

कैलाली र कञ्चनपुरमा बसोबास गर्ने रानाथारू समुदायको प्रमुख पर्व तिज पृथक तरिकाले मनाउने गरेका छन् ।  अन्य समुदायले तिज पर्व भाद्र शुक्ल तृतीयाका दिन मनाउने प्रचलन रहिआएको भए पनि रानाथारू समुदायले श्रावण शुक्ल तृतीयाका दिन तिज मनाउने प्रचलन रहिआएको छ । राना समुदायमा तिज पर्व आउन १५ दिनअगावै दिदीबहिनीको घरमा गएर निम्ता दिने प्रचलन छ ।

पन्ध्र दिनअघि नै गाउँमा सावनकी डोला अर्थात् पिङ हाल्ने प्रचलन रहिआएको रानाथारू समुदायका जानकार भीमदत्त नगरपालिका–१४ का पर्शुराम रानाले जानकारी दिए । उनले तिजका दिन व्रतालु महिलाहरूले रानाथारू समुदायका विभिन्न परिकार पुरी, पापड, सेमइ, पकौडा, गुलगलालगायतका विशेष परिकार पकाएर चेलीबेटीसँगै छिमेकी र आफन्तलाई समेत खुवाउने गरेको बताए ।

रानाथारू समुदायको सबैभन्दा ठूलो पर्व तिजमा दाजुभाइको दीर्घायु, सुख, समृद्धि र प्रगतिको कामना गर्दै व्रत बस्ने गरेको कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ नयाँ बस्तीका केशमती रानाले बताए। “तिजमा हामीहरू पानीसमेत नखाएर निराहार व्रत बस्छौँ, साँझपख कुसको गाँठो पारेर त्यसलाई चाँदीको सिक्काले काटेर नदीमा बगाउँछौँ”, रानाले भने, “जसरी नदीको लामो भार हुन्छ त्यति नै लामो आयु हाम्रो दाइभाइको होस् भनेर कामना गर्छौँ ।” उनका अनुसार नदीमा कुस बगेर जति तलसम्म जाने गर्दछ, दाइभाइको आयु त्यति नै लामो हुने गरेको धार्मिक विश्वास छ ।

तिजमा विवाहित महिलाहरूसमेत यतिबेला माइतमा आएर रमाइलो गर्ने गरेका छन् । रानाथारू समुदायको महिलाले आआफ्नो माइतमा बसेर व्रत बसी तिज पर्व मनाउनुका साथै दाजुभाइ र भतिजाहरूको दीर्घायुको कामना गर्दै पिङ खेलेर रमाइलो गर्ने गरेको भीमदत्त नगरपालिका–१६ का सोमन राना बताए । “साउन महिनाको सुरुमा गाउँमा पिङ राखेर रमाइलो गर्छौँ, तिजको दिन दाजुभाइको दीर्घायुका लागि व्रत बस्ने गर्दछाँ”, उनले भने, “यस अवसरमा आफन्तलाई घरमा बोलाएर विभिन्न परिकार खुवाउने चलन छ ।”

यस पर्वलाई खेतीपातीको काम सकिएपछि थकाइ मेटाउने पर्वका रूपमा समेत मनाउने गरिएको रानाथारू समुदायका जानकारहरू बताउँछन् । साउनभर मनाउने सावनकी डोला पर्वको क्रममा तिज मनाउँछन् । सावनकी डोला (पिङ)मा काठका खम्बाबाट बनाइन्छ, तर पछिल्लो समय जङ्गलबाट काठ ल्याउन प्रतिबन्ध भएपछि पिङ अर्थात् साउनको डोला राख्न निकै सकस हुने गरेको भीमदत्त नगरपालिका–१४ का स्थानीय वसन्ती रानाले बताए । “अहिले दुईवटा खम्बा फलामका बनाएर पिङ (साउनको डोला) निर्माण गरेका छौँ”, रानाले भने, “काठको खम्बासँगै आवश्यक रस्सी जीर्ण हुँदै गएको छ हामीले निकुञ्जसँग माग गरिराखेका छौँ ।” छुट्टै पहिचान र मौलिक संस्कृति रहेको यो समुदायमा तिज पर्व पछिल्लो समय नयाँ पुस्ताको समेत रोजाइमा पर्न थालेको उनी बताउछन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार