शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी #कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी
समाचार अर्थतन्त्र

आजदेखि पायकपर्ने बिक्रेताबाट ग्याँस खरिद गर्न निगमको आग्रह

ग्याँस बिक्रेता वितरकले बिक्री गरेको ग्याँसको परिमाण, उपभोक्ताको नाम, सम्पर्क नम्बरसहितको विवरण दैनिक रूपमा तयार पारी अनिवार्य रूपमा सम्बन्धित उद्योग र सम्बन्धित उद्योगले निगमलाई सो विवरण सोही दिन उपलब्ध गराउनुपर्ने
सक्रिय न्युज · सोमबार, १ भदौ, २०८३ मा प्रकाशित
आजदेखि पायकपर्ने बिक्रेताबाट ग्याँस खरिद गर्न निगमको आग्रह
काठमाडौं, भदौ १ :

नेपाल आयल निगमले भदौ १ गते सोमबारदेखि सम्बन्धित ग्यास उद्योगद्वारा नियुक्त गरिएका बिक्रेताबाट नियमित प्रक्रियाअनुसार ग्यासको बिक्रीवितरणको व्यवस्था मिलाइएको जनाएको छ ।

निगमले  सूचना जारी गर्दै आफूलाई पायक पर्ने ग्याँस बिक्रेता कहाँ सम्पर्क गरी ग्याँस खरिद गर्न उपभोक्तालाई आग्रह गरेको हो ।निगमले ग्याँस वितरणलाई व्यवस्थित बनाउन दैनिक बिक्री गर्ने बिक्रेता वितरकको नाम, ठेगाना, सम्पर्क नम्बर, सिलिन्डर सङ्ख्यासहितको विवरण प्रत्येक दिन बिहान ९  बजेभित्र उपलब्ध गराउन उद्योगीलाई निर्देशन दिएको छ ।

ग्याँस बिक्रेता वितरकले बिक्री गरेको ग्याँसको परिमाण, उपभोक्ताको नाम, सम्पर्क नम्बरसहितको विवरण दैनिक रूपमा तयार पारी अनिवार्य रूपमा सम्बन्धित उद्योग र सम्बन्धित उद्योगले निगमलाई सो विवरण सोही दिन उपलब्ध गराउनुपर्ने छ ।

अत्यावश्यक भएका घरायसी प्रयोजनका लागि प्रयोग गर्ने उपभोक्तालाई उच्च प्राथमिकतामा राखी ग्याँस बिक्री गर्न तथा ग्याँस ढुवानी र वितरण कार्यमा सुरक्षाको दृष्टिबाट सहजीकरणका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा गृह मन्त्रालयमार्फत अनुरोध गरिएको निगमले जनाएको छ ।

त्यस्तै, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसँग अनुरोध गरी निगमबाट खटिएका जनशक्तिसमेतको संयुक्त टोलीबाट समेत ग्याँसको वितरण कार्यको अनुगमन गर्ने व्यवस्था मिलाइएको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार