बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

वासुकिनाथ, नागपोखरी र टौदहमा बिहानैदेखि भक्तजनको लाम

सक्रिय न्युज · सोमबार, १ भदौ, २०८३ मा प्रकाशित
वासुकिनाथ, नागपोखरी र टौदहमा बिहानैदेखि भक्तजनको लाम
काठमाडौं, भदौ १ :

नागपञ्चमीका अवसरमा पशुपतिनाथ मन्दिरस्थित वासुकिनाथ मन्दिर, काठमाडौँ महानगरपालिका–१ नागपोखरी र कीर्तिपुर नगरपालिका–६ मा रहेको टौदहमा भक्तजनको लाम लागेको छ ।

नागपञ्चमीका अवसरमा त्यहाँ उपस्थित भक्तजनले पूजा, आराधना एवं दर्शन गरिरहेका छन् ।

नागपञ्चमीका अवसरमा वासुकिनाथ मन्दिर आज बिहान ३ः०० बजेदेखि नै खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । वासुकिनाथ मन्दिरमा आज विशेष पूजा, आराधना गरिन्छ । मन्दिरमा पूजा, आराधना एवं दर्शनका लागि भक्तजन लाम लागेका कोष संस्कृति संरक्षण महाशाखाका पुरातत्व अधिकृत सुशीलकुमार गौतमले  जानकारी दिए ।

चान्द्रमासअनुसार श्रावण महिनाको तेस्रो सोमबार भएकाले आज बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको लाम लागेको छ । सौरमासका सोमबार जस्तै नै आज पनि भक्तजनको लाम मन्दिर क्षेत्रमा रहेको उनले बताए । आज पनि पशुपति क्षेत्रमा बोल बम यात्रीको आगमन बढेको छ । वाग्मती नदीको शिरोभागस्थित सुन्दरीजलबाट शुद्ध जल ल्याएर आराध्यदेव भगवान् पशुपतिनाथलाई चढाउने भक्तजनको लाम लागेको पुरातत्व अधिकृत गौतमले बताए । कोषले आज पनि पशुपति क्षेत्रमा विशेष व्यवस्था गरेको छ ।

नागपोखरी र टौदहमा बिहानैदेखि भक्तजनको लाम

काठमाडौँ महानगरपालिका–१ नागपोखरीमा बिहानैदेखि नित्य पूजा, आराधनाका लागि पोखरी खोलिएको छ । नित्य पूजा सकिएपछि भक्तजनलाई पूजा, आराधनाका लागि खुला गरिएको महानगरपालिका–१ का सदस्य रोशन श्रेष्ठले  जानकारी दिए । यहाँ आज विशेष मेलाको आयोजना पनि गरिएको उनले बताए ।

यसैगरी, कर्कोटक नागराजा र नागरानीको निवास रहेको टौदहमा पनि कीर्तिपुर र पाँगाका स्थानीयवासी बिहानैदेखि पूजा, आराधना गर्न भक्तजनको घुइँचो लागेको हो । बिहान नित्यपूजापछि टौदहमा भक्तजनका लागि खुला गरिएको स्थानीय उपेन्द्र नेपालले जानकारी दिए ।

टौदहमा परम्परादेखि नै जल यज्ञ विधिबाट सबै  नाग नागिनीको पूजा, आराधना हुने गरेकामा २०७० सालपछि बन्द भएको थियो ।

विसं २०७२ मा एकपटक यो विधिबाट पूजाआजा गरिए पनि अबको पुस्ताले बिर्सने खतरा बढेको उनले बताए । टौदहको व्यवस्थापन कर्कोटक नागराजा नागरानी व्यवस्थापन समाजले गर्दै आएको छ । यहाँ बिहानैदेखि आएका भक्तजनलाई पूजा, आराधना र दर्शन गर्ने व्यवस्था मिलाइएको समाजले जनाएको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार