धादिङ, भदौ १ :

धादिङको गजुरी गाउँ पालिका २ चालिसे स्थित पृथ्वी राजमार्गमा सुख्खा पहिरो खसेर अवरुद्ध भएको सडक अहिले संचालनमा आएको छ ।

प्रहरीले पहिरो पन्छाएर दुई तर्फी यातायात सञ्चालनमा ल्याइएको जानकारी दिएको छ ।

आज बिहान करिब ५: ४५ बजे सडक माथिबाट सुक्खा पहिरो खसेपछि राजमार्गमा यातायात अवरुद्ध भएको थियो ।