हेटौंडा, भदौ १ :

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज राजीनामा दिएका छन् । आज प्रदेश सभा बैठकमा सम्बोधन गर्दै उनले मार्गप्रशस्त गरेको घोषणा गरेका हुन्।  

मुख्यमन्त्री बानियाँले आज प्रदेश सभामा विश्वास मत लिने भने पनि बहुमत जुट्ने सम्भावना नदेखेपछि राजीनामा दिएका हुन्।बानियाँले राजीनामा दिनुअघि एक वर्षे कार्यकालमा सरकारले गरेका प्रमुख कामको २८ बुँदामा प्रगति प्रस्तुत गरेका छन् । 

बानियाँले प्रदेश प्रमुखलाई भेटेर राजीनामा पत्र बुझाएका छन् । नेकपा एमालेले समर्थन फिर्ता लिएको केही दिनपछि मुख्यमन्त्री बानियाँले राजीनामा दिएका हुन्। एमालेले ६ साउनमा सरकारलाई दिएको समर्थन फिर्ता लिए