सोमबार, १६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
समाचार राजनीति

कांग्रेस बैठक सम्पन्न, मङ्गलबार निर्णय सार्वजनिक गरिने

सक्रिय न्युज · सोमबार, १ भदौ, २०८३ मा प्रकाशित
कांग्रेस बैठक सम्पन्न, मङ्गलबार निर्णय सार्वजनिक गरिने
काठमाडौं, भदौ १ :

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको गत साउन २४ गतेदेखि पार्टीको केन्द्रीय कार्यालय सानेपामा जारी बैठक आज सम्पन्न भएको छ ।

बैठकको समापनका क्रममा समसामयिक राजनीतिक विषयवस्तुका साथै पदाधिकारी तथा सदस्यहरुद्वारा उठाइएका विषयमा सभापति गगन कुमार थापाले स्पष्ट पारेका थिए । केन्द्रीय कार्यसमितिद्वारा पारित गरिएका निर्णयहरू मङ्गलबार अपरान्ह ३ बजे पार्टीका प्रवक्ता देवराज चालिसे मार्फत् पार्टीको केन्द्रीय कार्यालयबाट सार्वजनिक गरिने कार्यक्रम रहेको सो पार्टीले जनाएको छ ।

आजको बैठकमा उपसभापति पुष्पा भुसाल, महामन्त्री प्रदीप पौडेल, सह–महामन्त्रीहरू फरमूल्लाह मन्सुर, डा डिला संग्रौला पन्त, कर्णबहादुर बुढा, मुक्ताकुमारी यादव तथा केन्द्रीय सदस्यद्वय विनोदकुमार चौधरी र प्रवक्ता देवराज चालिसे तथा केन्द्रीय सदस्य एवं कर्णाली प्रदेश सभापति ललितजङ्ग शाहीले आ–आफ्नो धारणा राखेका थिए ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार