बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

हवाइफायर गरी कोहलपुरमा १३ किलो अफिमसहित दुई पक्राउ

सक्रिय न्युज · मंगलबार, २ भदौ, २०८३ मा प्रकाशित
हवाइफायर गरी कोहलपुरमा १३ किलो अफिमसहित दुई पक्राउ
नेपालगन्ज, भदौ २ :

प्रहरीले बाँकेको कोहलपुरबाट १३ किलो ६४ ग्राम अफिम र १४८ ग्राम चरेससहित दुई जनालाई पक्राउ गरेको छ ।  

लागुऔषध नियन्त्रण ब्युरो नेपालगञ्ज र सुर्खेतस्थित संयुक्त टोलीले विशेष सूचनाका आधारमा कोहलपुर नगरपालिका–६ बाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले जानकारी दिए।

उनका अनुसार रुकुमपूर्वका कर्णबहादुर बुढा र रुकुमपश्चिमका टोपजङ्ग भन्ने टाइपसिंह गिरीलाई लागुऔषधसहित पक्राउ गरिएको हो । उनीहरुसँग एक थान डिजिटल तराजु, नगद रु पाँच हजारसमेत बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुलाई पक्राउ गर्न एक राउण्ड हवाइफायरसमेत गरिएको थियो । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार