काठमाडौं, भदौ २ :

मकवानपुरको भीमफेदी जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा ६ जना घाईते भएका छन् । 

दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश गोकर्ण डाँगीसहित ६ जना घाइते भएका छन् ।

दुर्घटनामा मुख्य न्यायाधीश, दाङ तुलसीपुर–९ का ५७ वर्षीय गोकर्ण डाँगी, रजिष्टार, बैतडी दशरचन्द–७ सुर्कालका ५१ वर्षीय तारादत्त बडु, ताराकी पत्नी, ४९ वर्षीया लक्ष्मी बडु, छोरा २५ वर्षीय रितेन्द्र बडु, दिदी ३१ वर्षीया रिता बडु र चालक दाङ, राप्ती–८ का ३२ वर्षीय छुन लाल चौधरी घाइते भएका छन् । घाईते मध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

स्कारपियो अनियन्त्रित भएर आज बिहान सडकबाट करिब ६० मिटर तल खोल्सामा खसेको थियो । 

हेटौँडा अस्पतालमा ल्याइएका घाइतेहरूलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।

काठमाडौँबाट हेटौँडा गईरहेको प्रदेश–३–००२ झ ५१८३ नम्बरको स्कार्पियो भीमफेदी–६ जुरिखेतमा दुर्घटनामा परेको हो ।