प्रतिनिधिसभाको आजको बैठकमा खाना पकाउने ग्यास, रासायनिक मल, मनसुनजन्य विपद् र जङ्गली जनावरको आतङ्कको व्यवस्थापनका विषयमा सरकारको ध्यानाकर्षण भएको छ ।
रास्वपा सांसद मोहनलाल आचार्यले ग्यासको सहज आपूर्ति गर्न सरकारको ध्यानाकर्षण गराए । बैठकमा बोल्दै सांसद आचार्यले मन्त्रीले सदनमा ग्यास अभाव नभएको बताए तापनि अझै ग्यासको चरम अभाव देखिएकोप्रति सरकारको ध्यानाकर्षण गराएका हुन्।
उनले ग्यासको सहज आपूर्तिका लागि कसले, कहाँ र कसरी लुकाएको छ भन्ने विषयमा तत्काल खोजतलास र छानबिन गर्न माग गरे ।
उनले ग्यासको वैकल्पिक व्यवस्थाका रूपमा विद्युत प्रयोगलाई प्रोत्साहन गर्नुपर्नेमा उल्टै ५ प्रतिशत भ्याट लगाउने विषयमा पुनर्विचार गर्न आग्रह गरे । सांसद आचार्यले उपभोक्ताहरूलाई सहज वातावरण निर्माण गर्न वैकल्पिक ऊर्जाका स्रोतहरूको प्रवद्र्धन र प्रभावकारी व्यवस्थापन गर्न आग्रह समेत गरे ।
बैठकमा रास्वपा सांसद रञ्जु दर्शनाले स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन नहुँदा नागरिकहरू बिचल्लीमा परेको भन्दै तत्काल यसलाई व्यवस्थित र सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण गराइन् ।
नेपाल राष्ट्र बैंकमा सुन धितो राखेर ऋण लिएका ग्राहकहरूको भदौ २४ गते लुटिएको सुन फिर्ता नपाएको र बजार भाउ अनुसार क्षतिपूर्तिसमेत नपाएको भन्दै पीडित नागरिकहरूको समस्या तत्काल सम्बोधन गर्न सरकारसँग माग गरिन्।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
राष्ट्रपति पौडेलले गुरू पुरोहितको हातबाट शुभ साइतमा टीका ग्रहण गर्ने
पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यमा उल्लेख्य सुधार, भोलिसम्ममा डिस्चार्ज गर्ने तयारी
सडक सम्पर्क विच्छेद भएका गोरखाका दुर्गम बस्तीमा ड्रोनबाट राहत सामग्री