राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडा (खत्री) ले आगामी भदौ २३ गते प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्नुपर्ने माग गरेकी छन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकको शून्य समयमा बोल्दै सांसद खत्रीले ‘जेनजी’आन्दोलनको एक वर्ष पूरा हुन लागेको अवसरमा प्रधानमन्त्रीले सहिदहरूको सम्मानमा विशेष सम्बोधन गर्ने अपेक्षा राखेकी छन् ।
युवाहरुको बलिदानको जगबाट बनेको सरकारले आन्दोलनका कति मागहरू पूरा भए, घाइतेहरूको अवस्था कस्तो छ र भ्रष्टाचारीहरूमाथि कारबाहीको प्रक्रिया कहाँ पुग्यो भन्ने लगायतका विषयमा स्पष्ट पार्नुपर्ने बताइन् । युवाहरूले भ्रष्टाचारको अन्त्य, सुशासन र सुरक्षित भविष्यका लागि भदौ २३ र २४ गते बलिदान दिएको उनले स्मरण गराइन् ।
प्रधानमन्त्रीले सम्बोधन गर्लान् या गर्दैनन् भनेर उनको सचिवालयले केही बताएको छैन । यदि सम्बोधन गरेनन् भने पनि उनले सामाजिक सञ्जालमार्फत भने अवश्यक सम्झिनेछन् भन्ने धेरैलाई लागेको छ । किन भने आन्दोलनका दिन पनि उनले सामाजिक सञ्जालमार्फत नै भिडलाई निर्देशन र नियन्त्रण गरेका थिए ।
सांसद खतिवडा गत भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनमा ज्यान गुमाएका २२ वर्षीय रसिक खतिवडाकी आमा हुन्।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त
बाढी प्रभावितको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान
पूर्वराष्ट्रपति भण्डारी ‘ग्लोबल गभर्नेन्स् फोरम’मा सहभागी हुन चीन प्रस्थान
पूर्वराष्ट्रपति यादवले पुख्यौली गाउँ सपही पुगेर परिवारसँगै दसैँ मनाए
थप समाचार
बाढीबाट क्षतिग्रस्त कालीगण्डकी कोरिडोरको पुनःनिर्माणमा बजेटको कमी हुन नदिने : पूर्वाधार विकासमन्त्री लम्साल
साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त
बाढी प्रभावितको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान