शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

इयूको हवाई सुरक्षा सूचीबाट हटाउन गम्भीर भएर लागेका छौं : पर्यटनमन्त्री पौडेल

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २ भदौ, २०८३ मा प्रकाशित
इयूको हवाई सुरक्षा सूचीबाट हटाउन गम्भीर भएर लागेका छौं : पर्यटनमन्त्री पौडेल
काठमाडौं, भदौ २ :

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले नेपाललाई युरोपेली संघको हवाई सुरक्षा सूचीबाट हटाउन गम्भीर भएर लागेको बताएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले नेपाललाई युरोपेली संघको हवाई सुरक्षा सूचीबाट हटाउन कुटनीतिक पहल र प्राविधिक सुधारसंगसंगै अघि बढाइएको जानकारी दिए। उनले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई दुई छुट्टाछुट्टै विशिष्टीकृत निकायमा विभाजन गर्न आवश्यक विधेयक तर्जुमा भइसकेको बताए ।

उक्त विधेयक स्वीकृतिका छिटै संसदमा पेस गर्ने तयारी भएको उनले बताए । मन्त्री पौडेलले नेपालका लागि युरोपेली संघका राजदूत तथा इयू सदस्य राष्ट्रहरूका (नेपालस्थित र गैर–आवासीय) राजदूतहरूसँग छलफल गरेको जानकारी दिए ।

नेपालले उड्डयन सुरक्षामा गरेका वास्तविक सुधार, सुधारात्मक कार्ययोजनाको कार्यान्वयन र आगामी दिशाबारे जानकारी गराउँदै सकारात्मक सहयोगका लागि आग्रह गरिएको उनले बताए ।

इयुको सुरक्षा सूचीबाट हट्न केवल कूटनीतिक पहल मात्र पर्याप्त नहुने भएकाले वास्तविक र मापनयोग्य प्राविधिक सुधार नै मुख्य आधार रहेको उनले बताए। युरोपेली संघबाट प्राप्त हुने सुधारात्मक कार्ययोजनाको समीक्षा नतिजाका आधारमा थप आवश्यक कदमहरू अघि बढाइने उनको भनाइ छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार