बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

रास्वपा संसदीय दलको बैठकमा सरकारका कामकारबाहीबारे छलफल

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ३ भदौ, २०८३ मा प्रकाशित
रास्वपा संसदीय दलको बैठकमा सरकारका कामकारबाहीबारे छलफल
काठमाडौं, भदौ ३ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा जारी छ । बैठकमा पछिल्ला समसामयिक राजनीतिक तथा संसदीय विषयमा छलफल जारी संसदीय दलका उपनेता गणेश पराजुलीले जानकारी दिए।

बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरू पनि सहभागी छन्। पार्टी सभापति रवि लामिछानेको आह्वानमा जारी बैठक अनौपचारिक भएको  उनले बताए।

सरकारका कामकारबाहीबारे सांसदहरूलाई जानकारी गराउने र छलफल गर्ने उद्देश्यले मन्त्रीहरूलाई पनि बैठकमा सहभागी गराइएको उपनेता पराजुलीले बताए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार