सोमबार, १६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
राजनीति भिडियो

सिमरामा बालिकामाथि भएको जघन्य अपराधको घटनाका दोषीलाई कडा भन्दा कडा कारबाही गर्न माग

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ३ भदौ, २०८३ मा प्रकाशित
सिमरामा बालिकामाथि भएको जघन्य अपराधको घटनाका दोषीलाई कडा भन्दा कडा कारबाही गर्न माग
काठमाडौं, भदौ ३ :

सांसदहरुले बारा जिल्लाको सिमरामा ३ वर्षीया बालिकामाथि भएको जघन्य अपराधको घटनाका दोषीलाई कडा भन्दा कडा कारबाही गर्न माग गरेका छन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनीहरुले उक्त घटनामा प्रहरी प्रशासनको समेत कमजोरी देखिएको भन्दै घटनाको छानबिन गरी दोषीलाई कडा भन्दा कडा कारवाही गर्न माग गरेका हुन् । 

बैठकमा रास्वपा सांसद रहबर अन्सारीले ३ वर्षीया अबोध बालिकाको बलात्कारपछि निर्मम हत्या भएको घटनामा बालिका हराएको जानकारी गराएको २४ घण्टासम्म पनि इलाका प्रहरी कार्यालय सिमराबाट कुनै खोजी वा कारबाही अघि नबढाइएको बताए ।

घटना दर्ता भएपछि प्रत्येक घण्टा प्रहरीले के–कस्ता कदम चाल्यो भन्ने स्पष्ट ‘एक्सन लग’ सार्वजनिक गर्नुपर्ने र दोषी प्रहरी अधिकारीहरूमाथि कारबाही हुनुपर्ने उनले माग गरे । उनले सीमावर्ती क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण तथा यस्ता जघन्य अपराध रोक्न गृह मन्त्रालयलाई तत्काल गम्भीर हुन आग्रह समेत गरे ।

अन्य सांसदहरुले पनि उक्त घटनाका दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् । सिमरामा मृत अवस्थामा फेला परेकी तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।  प्रहरीका अनुसार जितपुरसिमरा–१ दसधुरीकी मनमती चौधरीकी तीन वर्षीया छोरी गरिमा चौधरी साउन ३१ गते बिहान घरबाट हराएकी थिइन् । उनको शव मंगलबार एउटा घरको खाली कोठामा फेला परेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार