शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी #कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी
समाचार अर्थतन्त्र

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९१ पैसा कायम रहँदा युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ४६ पैसा
सक्रिय न्युज · बिहीबार, ४ भदौ, २०८३ मा प्रकाशित
Binimaya dar
काठमाडौं, भदौ ४ :

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५१ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ४६ पैसा र बिक्रीदर १७८ रुपैयाँ १६ पैसा ,युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपैयाँ २९ पैसा र बिक्रीदर २०८ रुपैयाँ ११ पैसा, स्विस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १८९ रुपैयाँ ४५ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ २३  पैसा र बिक्रीदर १०८ रुपैयाँ ६५ पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ २३ पैसा र बिक्रीदर ११० रुपैयाँ ६७ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ८० पैसा र बिक्रीदर १२० रुपैयाँ २७ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ६१ पैसा र बिक्रीदर नौ रुपैयाँ ६५ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ६९ पैसा र बिक्रीदर २२ रुपैयाँ ७८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ७३ पैसा र बिक्रीदर ४० रुपैयाँ ८९ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ९५  पैसा र बिक्रीदर ४२ रुपैयाँ ११ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६२ पैसा र बिक्रीदर चार रुपैयाँ ६४ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ६४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८३ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ र बिक्रीदर ११ रुपैयाँ ०४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ०८ पैसा र बिक्रीदर १६ रुपैयाँ १५ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ७४ पैसा र बिक्रीदर २३ रुपैयाँ ८३ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ५० पैसा र बिक्रीदर १९ रुपैयाँ ५७ पैसा, कुवेती दिनार एकको खरिददर ४९७ रुपैयाँ ८३ पैसा र बिक्रीदर ४९९ रुपैयाँ ७९ पैसा, बहराइन दिनार एकको खरिददर ४०५ रुपैयाँ ५८ पैसा र बिक्रीदर ४०७ रुपैयाँ १७ पैसा, ओमनी रियाल एकको खरिददर ३९७ रुपैयाँ १६ पैसा र बिक्रीदर ३९८ रुपैयाँ ७२   पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।  
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार