नवलपरासी, भदौ ४ :
पूर्वी नवलपरासीमा तीन दिनदेखि हराएका बालक सकुशल फेला परेका छन् । गैंडाकोट नगरपालिका–१४ भागराबाट मंगलबारदेखि हराएका दुई वर्षीय बालक शिवान तामाङ आज जंगलमा फेला परेका हुन् । स्थानीय र सुरक्षाकर्मीले खोजतलास गर्दा घरबाट करिब चार किलोमिटर टाढा रोइरहेको अवस्थामा फेला पारेको हो ।
बालक रुँदै गरेको आवाज सुनेर सुरक्षाकर्मी र स्थानीयले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी अनिल पण्डितले बताए । उद्धार गरिएका बालकको अनुहारमा चोटपटक लागेको छ । बालकका आमाबुवा रोजगारीका क्रममा भारतमा रहेकाले बालक मामाघरमा हजुरआमासँग बस्दै आएका थिए ।
हजुरआमा जङ्गलतर्फ च्याउ टिप्न गएको समयमा बालक हराएका थिए । बालक पनि हजुरआमा पछ्याउँदै वनतर्फ लागे तर, हजुरआमाले नाति पछि लागेको थाहै पाइनन् सोही क्रममा हराएको बुझिएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
बाढीबाट क्षतिग्रस्त कालीगण्डकी कोरिडोरको पुनःनिर्माणमा बजेटको कमी हुन नदिने : पूर्वाधार विकासमन्त्री लम्साल
साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त
बाढी प्रभावितको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान