मंगलबार, ३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नवकन्या#नवदुर्गाका प्रतीक#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो#एम्बुलेन्स#गाँजा तस्करी#डा गोविन्द केसी #नवकन्या#नवदुर्गाका प्रतीक#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो#एम्बुलेन्स#गाँजा तस्करी#डा गोविन्द केसी
समाचार प्रदेश बागमती प्रदेश

हात्तीवन क्षेत्रका अतिक्रमित संरचनामा उपत्यका विकास प्राधिकरणको डोजर चल्यो

सात दिनको समयमित्र संरचना नहटेपछि आयोजनाले डोजर लगाएको हो ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ५ भदौ, २०८३ मा प्रकाशित
हात्तीवन क्षेत्रका अतिक्रमित संरचनामा उपत्यका विकास प्राधिकरणको डोजर चल्यो
ललितपुर, भदौ ५ :

काठमाडौं उपत्यका विकास प्राधिकरणले ललितपुरको हात्तीवन क्षेत्रमा अतिक्रमण गरी बनाएका संरचनामा डोजर चलाएको छ । 

शुक्रबार काठमाडौं उपत्यका विकास प्राधिकरण, ललितपुर जिल्ला आयुक्तको कार्यालयले भेल्पा हात्तीवन जग्गा एकीकरण आयोजना क्षेत्रभित्र अतिक्रमित गरी बनाइनका अवैध तथा अतिक्रमित संरचनाहरु भत्काएको हो । करिब १२ वर्षपछि अतिक्रमित गरि बनाएका संरचना हटाउन सफल भएको  भेल्पा हात्तीवन जग्गा एकीकरण आयोजनाका प्रमुख घनश्याम पौडेलले जानकारी दिए।

भेल्पा–हात्तीवन जग्गा एकीकरण आयोजना क्षेत्रभित्र बनेका अनधिकृत र अतिक्रमित संरचनाहरू हटाउन साउन २७ गते ७ दिने सूचना जारी गरिएको थियो ।  

आयोजनाले स्वीकृत नक्सा तथा लेआउटअनुसार सडक निर्माण तथा ढलानको काम अघि बढाउन बाटोको सीमाभित्र रहेका संरचना खाली गर्न सम्बन्धित सबैलाई अनुरोध गरेको थियो । तर सात दिनको समयमित्र संरचना नहटेपछि आयोजनाले डोजर लगाएको हो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार