बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

स्थानीय स्तरमा वार्ता सम्भव नभएपछि गरिमाका बुबाआमा गृहमन्त्रीसंग वार्ता गर्न काठमाण्डौंमा

सक्रिय न्युज · शनिबार, ६ भदौ, २०८३ मा प्रकाशित
स्थानीय स्तरमा वार्ता सम्भव नभएपछि गरिमाका बुबाआमा गृहमन्त्रीसंग वार्ता गर्न काठमाण्डौंमा
काठमाडौं, भदौ ६ :

बालिका गरिमा चौधरीको घटनाका बिषयमा स्थानीय स्तरबाट वार्ता सम्भव नभएको भन्दै मृतक बालिकाका बुबा आमा सहितको टोली आज काठमाण्डौं आएका छन् ।

स्थानीय स्तरमा पाँच दिनसम्म आन्दोलन भएपनि वार्ता हुन सकेन् ।  मृतक बालिकाका बुबा आमा सहितको टोली गृहमन्त्री सुदन गुरुङसँग काठमाण्डौंमा वार्ता गर्नेछन् । वार्ताका लागि आज टोली सिमरावाट उडान मार्फत काठमाडौँ आएका हुन् ।

आजै म्याजिक चालक प्रोग्रेस चौधरीको घरमा प्रहरीले पाँच दिनपछि खानतलासी गरेको छ। पीडित परिवारले अहिलेसम्म छ जना भन्दा बढी विरुद्ध घटनामा संलग्न रहेको भन्दै जाहेरी दिएका छन्।

मृतकको बुबा र आमाले छोटो सम्बोधन गर्दै आन्दोलन जारी राख्न आग्रह गर्दै वार्ताका लागि काठमाडौँ आएका हुन् । गृहमन्त्री गुरुङसंग कहिले वार्ता हुने हो समय तवकिएको छैन ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार